उदयपुरमा ट्राफिक सप्ताह सुरु, सडक दुर्घना न्यूनीकरण सम्बन्धि विशेष जोड

उदयपुर । उदयपुरमा ट्राफिक सप्ताह २०८१ सुरु गरेको छ । कार्यक्रम विहिबारदेखि सदरमुकाम गाईघाटमा सुरु गरिएको हो । जसमा बिहिबार बिहान पिपलचोकदेखि प्रभातफेरी ¥याली निकालेर सप्ताहको सुभारम्भ गरिएको थियो ।

कार्यक्रममा दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना, कानुनी कार्वाही, नियमित चेकजाँच, विद्यालय स्तरमा विद्यार्थीहरुको सहभागीतामा जनचेतना, ट्राफिक स्वयमसेवक जस्ता महत्वपूर्ण कार्यहरु हुने उदयपुर ट्राफिक प्रहरी इन्चार्ज (बरिष्ठ सही) सुन्दर श्याम पोखरेलले बताए ।

कार्यक्रम कोशी प्रदेश आन्तरिक मालिला तथा कानुन मन्त्रालय बिराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटरी सुनसरीको आयोजना, जिल्ला प्रहरी कार्याललय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । कार्यक्रम अर्को बिहिबार अर्थात् असार १३ गते समापन हुने छ । यस अबधिभर हरेक दिन बिभिन्न कार्यक्रमहरु सञ्चालन हुने छ ।

भिडियोः

Facebook Comments