उदयपुर, २१ बैसाख । मेहनत गरे रुपिँया कमाउन विदेश नै जानु पर्छ भन्ने छैन् स्वदेशमै केहि गर्न सकिन्छ । जति विदेशमा परिश्रम गर्छौ त्यति स्वदेशमा गर्ने हो भने घर खर्च र छोराछोरीको पालनपोषण, शिक्षा, स्वास्थ्यका लागि विदेश जानै पर्दैन । यसको ज्वलन्त उदाहरणका पात्र हुन् लगनशील उद्यमी ब्यबशायी दलबहादुर राई हुन् ।
झण्डै १६ वर्ष अघि मासिक १३ सय रुपियाँ निबृत्तिभरण थाप्नेगरी प्रहरी सेवाबाट शैक्षिक अवकास लिनुभएका राईले पैसा कमाउन बिदेस जानुभन्दा स्वदेशमै बसेर ब्यावसाय गर्न राम्रो भन्दै उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडास्थित आप्mनै घरमा थुक्पा बनाउने उद्योग सञ्चालन गरेर लखपति बन्न सफल भएको हो । मैदाबाट बनाईने सिन्के चाउचाउ अर्थात थुक्पाको बिक्रिबाट मासिकरुपमा झण्डै एकलाख रुपियाँ कमाइहुन थालेपछि वैदेशिक रोजगारको चाहारीमा भौतारीने आजभोलिका युवा पुस्ताकालागि उनले एउटा गतिलो उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।प्रहरी सेवाबाट निबृत्त भएका राईले बिगत १० बर्षदेखि निरन्तररुपमा चाउँमिन बनाउनका लागि प्रयोग गरिने थुक्पा उत्पादन गरी बिक्रि वितरण गर्दै आएका छन् ।। यसबाट छोराछोरी पढाईलेखाई सहित आप्mनो ९ जनाको परिवाको पाल्ने खर्चमात्र हैन १० कठ्ठा खेत र दुई तले ६ कोठे पक्की घर निर्माण गर्नसमेत सफल भएको छ ।
विदेशमा गर्ने परिश्रम आफ्नै देशमा गरे त्यहाँको भन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने मान्यताले औद्योगिक पेशामा लाग्नुभएका राईले आपूmले उत्पादन गरेको सिन्के चाउचाउ अर्थात थुक्पा विक्रीबाट बार्षिक करिव १० लाख रुपीयाँसम्म आम्दानी हातलागी गर्नेगरेको बताए ।
उनले भने “विदेशमा नेपालीको समस्याको बारेमा मलाई धेरै थाहा छ”। त्यहा“ आउने समस्या कस्तो हुन्छ र कति दुख गर्नु पर्छ भन्ने सिकाई र भोगाई बुझुन बिदेशबाट आउनेहरुसँग सोध्दा पनि थाहा हुन्छ ।
पुख्र्यौली पेशा कृषि भएपनि २० बर्षसम्म प्रहरी सेवामा कार्यरत रहेको समयमा घरायसि ब्यबहार चलाउन सधैभरी आर्थिक समस्या परिरहने गरेको तर प्रहरी सेवाबाट अबकास लिएपछि भने यो थुक्पा उद्योग सञ्चालन पश्चात अहिलेसम्म घरखर्चका लागि कुनै आर्थिक समस्या नभएको उनले बताए ।
राईले भने, “थुक्पाबाट आएको पैसाले ठुलि छोरी काठमाडौमा बीबीएमा अध्ययनरत रहेको र कान्छि छोरीले छिमेकि मुलुक चिनबाट होटल ब्यबस्थापन विषयको अध्ययन पुरा गरिसकेको र अन्य तीनजना केटाकेटीको स्थानीय बोडिङ स्कूलमा लाग्ने खर्चसमेत सजिलै धान्न सकिरहेकोछु ।”
विदेश जाने इच्छा नगरेको बताउदै विदेश गएर कमाउने पैसा घरमै बसी कमाउन सकिने उनको विश्वास छ । उनले भने, “बैदेशिक रोजगारमा जाँदा अरु दलाललाई पैसा पुर्याउन जानुपर्छ, तर यहा“ थुक्पा उत्पादनगर्दा उल्टै घरमा नै पैसा पुर्याउन ग्राहाक आफै आउँछन्”। दैनिक पाँच क्वीन्टल भन्दा बढि नै थुक्पा उत्पादन हुने र बिक्रिका लागि खोटाङ्ग, उदयपुर, सिरहा र सप्तरी जिल्लाका साना तथा ठूला होटल ब्यबशायी र किराना पसलेहरुसमेत आउने गरेको राईले बताए ।
बैदेशिक रोजगारमा जाँदा अगाडि थोरै भएपनि लाख रुपीयाँ एजेन्टलाई बुझाउनुपर्छ, तर यहाँ उद्योगगर्दा कसैलाई पैसा पुर्याउनु नपर्ने उल्टै आउने भएकोले उद्योग नै रोजेको राईले बताए । आफ्नो घरमा बसेर लाज र अल्छी नमानी काम गर्ने बानी नहुँदा नेपाली युवाले विदेशमा सास्ती भोग्नु पर्ने राईको तर्क छ ।
आपूmले उत्पादन गरेको थुक्पाले राम्रो बजार भाउ पाएको उनको भनाई छ । ५० किलोग्राम मैदाको पीठोमा १२ लिटर पानी मिसाएर मिक्सचर मेसिनमा लगाईने र त्यसपछि रोलर मेसिनले पेलेर निकालिएको रोटीजस्तो चाक्लालाई कटिङ्ग मेसिनले सिन्काजस्तो पारेर काटेपछि त्यसलाई तीनदिन सम्म बन्द कोठामा गुम्साएर राखेर निकाले पछि घाममा कपडा सुकायझै सुकाएपछि थुक्पा तयार पार्न सकिने राई बताए ।
बिगतमा पहेलो रङ्गको केमिकल प्रयोग गरिने गरेकोमा आजभोलि त्यस्तो कुनै पनि केमिकलहरु प्रयोग गरिदैन । खाध्य गुणस्तर कार्यालय विराटनगरले कुनैपनि रङ्गको केमिकलहरु प्रयोग गर्नमा प्रतिबन्ध लगाएकोले सादा थुक्पामात्र उत्पादन गर्नेगरिएको राई बताए ।