तीन ठूला दल एक हुनुको विकल्प छैन : मन्त्री थापा

गजेन्द्र राई । उदयपुर, ५ पुस ।
स्वस्थ्य मन्त्री गगन थापाले कांग्रेस, माओवादी र एमाले तीन ठूला दल एक ठाउँमा उभिएर मात्र संविधान जारी गर्न सम्भव भएको बताउदै अव कार्यान्वयनमा पनि एक ठाउँ उभिए मात्र सम्भव हुने नत्र असम्भव रहेको बताएका छन् ।

रक्त सन्चार सेवा उदयपुरको भवन उद्घाटन गर्दै मन्त्री थापाले उक्त कुरा बताएको हुन् । प्रमूख अतिथिको रुपमा बोल्दै उनले तीन दल एक ठाउँमा उभिनुको विकल्न छैन भन्दै एकले अर्कोलाई दोषारोपण गरेर कोही पनि उम्कन सम्भाव नरहेको बताए । माघ ७ भित्र ३ वटा निर्बाचन गर्ने संविधान लेखिएको स्मरण गराउदै जसरी पनि निर्बाचन गर्नु पर्ने अन्यथा देश ठूलो संबैधानिक, राजनीतिक दुर्घटनामा फस्ने र ठूलो मूल्य चुकाउनु पर्ने बताए । मन्त्री थापाले अहिले स्वस्थ्य क्षेत्रमा ब्यापक परिवर्तन ल्याउने कार्य भईरहेको बताउदै केही समयमा जनतालाई सम्पूर्णरुपले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने समेत बताए । उनले रक्तसञ्चार सेवा, जिल्ला हस्पताल, शर्पदंश केन्द्र लगायतको निरिक्षण समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *