उदयपुर जीप दुर्घटनामा मृत्यु हुनेको सख्या ८ पुग्यो

उदयपुर । धरानबाट भोजपुरका लागि छुटेको जीप उदयपुरको वेलका नगरपालिका–७, मैनामैनीमा भएको दुर्घटनामा मृत्यु हुनेको सख्या ८ पुगेको छ । ७ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको ईटहरी नगरपालिका १६ बस्ने बर्ष ४२ को चालक मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ बस्ने बर्ष ७० की पर्वतमाया राई, बर्ष २३ को चन्द्र प्रकाश राई र उनको ६ महिनाको छोरा डिसाङ राई रहेका छन् ।

त्यसैगरि सोहि गाउँपालिका ९ बस्ने बर्ष ६८ को पदम ब. थापा, ५ बस्ने बर्ष ३० की राम कुमारी राई र सुनसरीको ईटहरी बस्ने बर्ष ४०÷४५ को कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरि भोजपुरको हतुवागढी गाउँपालिका ५ बस्ने बर्ष ४२ को किसान राईको धरानको घोपामा उपचार गर्नेक्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते हुने मोरङको कानेपोखरी गाउँपालिका ५ बस्ने बर्ष ३७ को बिशेष पराजुलि, भोजपुरको आमचोक गाउँपालिका ६ बस्ने बर्ष २० कि मिनु राई, बर्ष ३६ कि साबित्रा राई, सुनसरीको ईटहरी नगरपालिका १७ बस्ने बर्ष ३४ कि गायित्री कटवाल र उनकै बर्ष ८ कि छोरी निकिता कटवाल रहेका छन् ।

घाईते हुनेहरुमै भोजपुरको हतुवागढी २ बस्ने बर्ष अ. ३०÷३२ कि शान्ति राई, सुनसरी ईटहरी नगरपालिका १७ बस्ने बर्ष २९ कि रमा थापा, भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने बर्ष १७ को सुनिल परीयार र बर्ष ३५ कि सबिना परियारको उपचार भईरहेको छ ।

अहिले घाईतेहरुको उपचार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञानमा भईरहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरको घोडेटार जादै गरेको को १ ज २५९३ नम्बरको बोलेरो जीप बिहिबार मैनामैनी स्थित भीरबाट खसेर दुर्घटना भएको थियो ।

भिडियोः

Facebook Comments