अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरुको राजिनामा

बोक्से । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १० बोक्से स्थित एक सामुदायिक बनका अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी र सदस्यहरुले राजिनामा दिएका छन् । राजिनामा दिने पदाधिकारी र सदस्यहरु बरुवा सामुदायिक बन उपभोक्ता समिति बोक्सेको रहेका छन् । उनिहरुले संस्थाका अध्यक्ष भगवति घिमिरेको असक्षमताको कारण आफुहरुले राजिनामा दिनुपरेको बताउछन् ।

अध्यक्ष घिमिरेको कारण आम उपभोक्ताहरुलाई दिनुपर्ने काठ समेत उपलब्ध गराउनु नसकिएको समितिका सचिब गिता घिमिरे भट्टराईले बताए । सचिब भट्टराईका अनुसार अध्यक्ष घिमिरेले प्रत्येक बैंठकमा बिभिन्न झमेला निकालेर बिवाद गर्दै आएका छन् । अध्यक्ष घिमिरेले समितिमा रहनुपर्ने सबै कागज पत्र आफ्नो घरमा राख्ने गरेको समेत उनिहरुको आरोप छ ।

त्यसैगरि उनिह्ररुसँगै आन्तरिक लेखा परिक्षण समिति, सल्लाहकार समिति र अनुगमन तथा मूल्याङ्कन समितिले समेत राजिनामा दिएका छन् । संस्थाका अध्यक्षलाई दिएको राजिनाको बोधार्थ त्रियुगा नगरपालिका वडा नम्बर १० को कार्यालय, डिभिजन बन कार्यालय बोक्से, सब–डिभिजन बन कार्यालय मोतिगडा र सामुदायिक बन महासंघ समेत गरिएको छ ।

Facebook Comments