सरकारको कामकार्वाही किराना पसल जस्तो भयोः उपाध्यक्ष मिश्र

गाईघाट । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठसरकारको कामकार्वाहीलाई किराना पसलको संज्ञा दिएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा उदयपुर आईपुगेका मिश्रले विहीबार पत्रकारसँगको भेटघाटमा एक दशक यता सरकारको कामकार्वाही किराना पसलको व्यापार जस्तो मात्र भएको बताए ।

उपाध्यक्ष मिश्रले विहान उठ्ने, पसल खोल्ने दिनभर व्यापार गर्ने बेलुका बन्द गरी घरमा गएर सुत्नेभन्दा वाहेक केहि काम नभएको बताए । ‘राजनीतिक आवरणमा हत्या, लुटपाट, गुण्डागर्दी हुन थालेको समेत बताए । पार्टी संगठन निर्माणसँगै राजतन्त्र पुर्नःस्थापनाका लागि जनआन्दोलनको तयारी गर्दै हिडेका मिश्रले नविन समझदारीमार्फत राजसंस्था स्थापना हुने ठोकुवा गरे ।

उनले देशलाई सहि ठाउँमा ल्याउने हो भने राजा र राजनीतिक दलका नेता एक ठाउँमा बसेर नविनतम समझदारीमार्फत राजा फर्काउनुको विकल्प नभएको स्पष्ट पारे । उनले देश आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले ठुलो भडखालोमा डुविसकेको छ, यसर्थ यसको रक्षार्थ सबैले हिजो उत्कृष्ट भनेको २०४७ सालको संबिधानलाई केहि परिमार्जन गरी अघि बढाउ्नु पर्ने बताए ।

मिश्रले ०६२÷०६३ को जनआन्दोलन र दशबर्षे जनयुद्धको खासै औचित्य नभएपनि त्यसका केहि अंश समावेशी, समानता, अधिकारको अग्रधिकार जस्ता मुलभुत बिषयबस्तुलाई उपलब्धिकोरुपमा लिई २०४७ को संबिधानमा संसोधन गरी समावेश गर्न सकिने बताए । अधिकांस समय राजतन्त्र पुर्नःस्थापनामा खर्चिएका वरिष्ठ उपाध्यक्ष मिश्रले राजसंस्था जनताले फालेको नभई, विधी र प्रकृया मिचि जवरजस्त बनाइएको संबिधानले फालेको हुँदा जनताको वलबाट अव आउने स्पष्ट पारे ।

Facebook Comments