उदयपुरमा संघीय निजामति ऐनको बिरुद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिए

बोक्से । उदयपुरको त्रियुगा नगरपालिका माताहतका कर्मचारीहरु संघिय निजामति ऐनको बिरोध गर्दै आन्दोलनमा उत्रिएको छ । सरकारले जारी गर्न लागेको संघिय निजामति ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई बाहेस हुने गरी बिधेयक पेश हुन लागेको भन्दै उनिहरु आन्दोलनम उत्रिएका हुन् ।

त्रियुगाभरी रहेको सबै शाखाका कर्मचारीहरुले त्रियुगा नगरपालिकामा धर्ना बसेर सरकारलाई दबाब मुलक बिरोध गर्न थालिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उदयपुर अध्यक्ष समेत रहेका वडा नम्बर ८ का वडा सचिव रितकुमार राउतले बताए । सचिव राउतका अनुसार खनालले संघ र प्रदेशलाई मात्रै सहज हुने ऐन जारी भएको हुँदा तत्काल सच्चाउनु पर्ने माग सहित देशैभरीका ७ सय ५३ ओटै स्थानीय तहका कर्मचारीहरु लगतार आन्दोलनमा रहेको छ ।

१२ गतेबाट सुरु भएको आन्दोलन सरकारले अटेर गरेमा १९ गतेबाट भने कार्यालयनै ठप्प पार्ने कार्यक्रम रहेको थियो । सोही अनुरुप त्रियुगाका सबै काम कार्वाही ठप्प हुनेगरी उनिहरुले नगरपालिकामा माग सहितको ब्यानर टाँगेर धर्ना बसेका थिए ।

Facebook Comments