संघर्षशिल पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

काठमाण्डौं । संघर्षशिल पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा उदयपुरका गजेन्द्र राई र ओखलढंगाका कुम्भराज राई रहेका छन् ।

उनिहरुलाई आफ्नो १६ औं स्थापन दिवसको अवसर पारेर किराँत राई पत्रकार संघले सम्मान गरेको केन्द्रीय अध्यक्ष अवतार राईले बताए । अध्यक्ष राईका अनुसार मोफसलमा बसेर निरन्तर पत्रकारिता गर्ने उनिहरुलाई संघर्षशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।

पत्रकारद्धय मध्ये गजेन्द्र राईजँघार, नागरिक आब्हान, रेडियो गणतन्त्र, पुर्ब क्षितिजमा आवद्ध थिएभने हाल रेडियो नेपाल र निगरानी पोष्ट डटकममा आवद्ध छन् । त्यसैगरि कुम्भराज राई कान्तिपुर दैनिकमा आवद्ध छन् ।

उनिहरुलाई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हाताछो राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष गजुरधन राई, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राई, पुर्बअध्यक्ष राजेश चाम्लिङले पगरीसहित, सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।

त्यसैगरि कार्यक्रममा फोनिजका संघीय अध्यक्ष गजुरधन राईलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । अध्यक्ष राई फोनिजको संघीय अध्यक्ष पदमा निर्वाचित भएकोमा सो सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रम किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।

Facebook Comments