नेपाल उद्योग व्यापार संघ उदयपुरको जिल्ला अधिबेशन भदौ ९ गते हुदै

गाईघाट । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरुको छाता संगठन ‘नेपाल उद्योग व्यापार संघ’ उदयपुरको जिल्ला अधिबेशन भदौ ९ गते हुने भएको छ । अधिबेशनको मिति शनिबार बसेको बैठकले टुंगो लगाएको जिल्ला संयोजक चुडामणी कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार जिल्ला अधिबेशन सदरमुकाम गाईघाटमा हुने छ । अधिबेशनमा जिल्लाका सबै पालिकाहरुबाट व्यवसायीहरु सहभागिता हुने जिल्ला सचिब राजकुमार शर्माले बताए । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेको छ ।

सचिब शर्माका अनुसार जिल्लाभरी छरिएका करिब सात सयभन्दा व्यवसायीहरुको सहभागिता हुने छ । सो अधिबेशनको सम्पूर्ण व्यवस्थापन त्रियुगा उद्योग व्यापार संघ नगरकमिटीलाई जिम्मा दिने निर्णय समेत भएको आयोजकले जनाए छ ।

बैठकको निर्णयपछि अधिबेशनको तयारी सुरु गरिएको त्रियुगा उद्योग व्यापार संघका संयोजक सुरज साहले बताए । अधिबेशन तयारी बैठकमा केन्द्रीय सदस्य महेन्द्र राईको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments