बोक्से । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित बोक्से चोकमा राष्ट्रिय झण्डा राखिएको छ । झण्डा सोमबार विहान स्थानीय युवाहरुको पहलमा राखिएको हो ।
स्थनीय जेष्ट नागरिक समेत रहेका ९६ बर्षीय टंक बहादुर खड्काको हातबाट सो झण्डा राखिएको थियो । झण्डा एकताको प्रतिकको रुपमा राखिएको स्थानीय युवा उद्धब अधिकारीले बताए ।
अधिकारीका अनुसार सामाजिक सद्भाब, पारस्परिक एकता र अनुशासित, सभ्य एवम् शान्तिपूर्ण वातावरणको कामना गर्दै झण्डा राखिएको हो । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज प्रतिनिधि, पत्रकार लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
Facebook Comments