उदयपुरमा करेन्ट लागेर एक युवाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक सडकलाईन कर्मचारीको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगपालिका ४ बगाहा घर भएका ४० बर्षीय कौलाश राई भन्ने युबराज राईको काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राई बगाहा ४ फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । घाईते राईलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा साढेँ ३ बजे मृत्यु भएको हो । उपचार गर्न ल्याएका राईको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीका अनुसारर यस घटना सम्बन्धको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी प्रहरी निरीक्षक सहितको टोली घटना स्थल तर्फ खटिएको जनाए ।

Facebook Comments