पीडित महिला दिनानुदिन पीडा र त्रासमा, प्रहरीले पक्राउ गरेको अभियुक्त फरार

उदयपुर । उदयपुरमा एक महिलालाई तातो पानी खन्याएको आरोपमा पक्राउ परेका मानिसहरु प्रहरीले छोडेपछि पीडित झन पीडा र त्रासमा बाँच्न बाध्य भएका छन् । यसरी बाँच्न बाध्य हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष २४ की करुणा राई रहेक छन् ।

उनलाई असार १६ गते सुतिरहेको अवस्थामा तातोपानी खन्याईएको थियो । तातोपनि खन्याउनेमा त्रियुगा नगरपालिका ३ भुल्केस्थित सिसौघारी टोल बस्ने बर्ष ४० को केशब मगर, उनको श्रीमती बर्ष ३८ की मिना मगर र उनकै छोरा बर्ष २० को प्रविण मगर रहेका छन् । पक्राउ परेको मध्ये केशब बाहेक उनको श्रीमती र छोरालाई प्रहरीले छोडेका छन् । उनिहरुलाई प्रहरीले छोडेपछि पीडित महिला झन पीडा र क्रासमा बाँचिरहेको उनको काका बिनोद राईले बताए ।

राईका अनुसार घटना घटेको पाँच दिनपछि उनिहरु पक्राउ परेको थियो । उनिहरुलाई पक्राउपछि केही समय राखेर छोडेको पीडितका आफन्तहरु बताउँछन् । आफन्तहरुका अनुसार केही स्थानीय नेताहरुको दबाबमा छोडिएको थियो । हाल उनिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले समयमा कुनै पनि किसिमको उजुरी नआएको कारण उनिहरुलाई छोडिएको बताए । डिएसपी चौधरीका अनुसार प्रहरीले पीडित महिलाको स्वास्थ्य अवस्था बुझिरहेको र अहिले किटानी जाहेरी समेत आएकोले उनिहरुको खोजि कार्य भईरहेको छ ।

पीडित महिलाः

Facebook Comments