राप्रपाले समर्थन फिर्ता लिए सरकारको भविष्य के हुन्छ ?

काठमाडौँ, १८ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ताभएसँगै सत्तारुढ राप्रपाले असन्तुष्टि राखेको छ । त्यति मात्र होइन सरकारमा रहेको राप्रपाले सरकार छाडे के हुन्छ भन्ने चर्चापरिचर्चा पनि शुरु भएको छ ।
सुशीला प्रकरणलाई देखाएर सरकार छाड्ने मनस्थितिमा रहेको राप्रपाले यद्यपी समर्थन फिर्ता लिने आधिकारिक निर्णय भने गरिसकेको छैन ।

आज बस्ने पदाधिकारी बैठकले त्यसवारे निर्णय गर्ने बताइएको छ । कतिपयले राप्रपा सरकारबाट बाहिरिए सरकार नै ढल्छ भन्ने आशंका समेत गरेका छन् । तर, अंकगणित बास्तविकता त्यस्तो छैन ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइहाले पनि सरकारसँग बहुमत कायमै रहन्छ । ३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारसँग बहुमत अर्थात २९८ भन्दा बढि सांसदहरुको समर्थन कायमै हुनेछ ।

त्यसमा नेपाली कांग्रेस २०७, माओवादी केन्द्र ८८ र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सांसद गर्दा ३०२ सांसद सरकारकै पक्षमा हुनेछन् ।

यसबाहेक साना दलको केही सांसद पनि सरकारको पक्षमा छन् ।

राप्रपाले समर्थन फिर्ता लिए हुन्छ के ?

सरकारले मधेशी दललाई चुनावमा ल्याउनका लागि संसोधन प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा राप्रपाको पनि समर्थन छ ।

यति हुँदाुहँदै पनि सरकारले दुई तिहाई सांसद पुर्राउन सकेको छैन् ।

यस्तो अबस्थामा राप्रपा बाहिर आउँदा दुई तिहाईको खेलमा लागेको सरकारमाथि थप दवाव हुनेछ ।

संसोधन प्रस्ताव पारित गराउन थप कठिन हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *