युवा कबि आरोहीको एक कविता पुरस्कारका लागि छनोट

गाईघाट । उदयपुरका युवा कबि जीवन आरोहीको एक कविता पुरस्कारका लागि छनोट भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवमा आयोजना राष्ट्रिय कविता महोत्सव २०८० मा सो कविता पुरस्कारका लागि छनोट भएको हो ।

उनको ‘प्रश्नहरुको विज्ञप्ति’ शिर्षकको कविता पुरस्कारका लागि छनोट भएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कविता पुरस्कारका लागि छनोट भएको जानकारी गराएका थिए ।

विज्ञप्तिमा मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० (दश) जना कविहरुका कविता पुरस्कारका लागि छनोट भएको उल्लेख । कबि आरोहीकोसँगै काठमाडौंका उमेश पुनको ‘छोरी, सिमाना र देश’, सुनसरीका कृपा करुणा पोखरेलको ‘रक्तिम कथा’, दार्जुलाका खिमानन्द जोशीको ‘मुई गोठ नाइँ झान्या हुँ’ र रोल्पाका टङ्कबहादुर झाँक्री मगरको ‘हुन्के बे बङ्डा’ कविता पुरस्कारका लागि छनोट भएको छ ।

त्यसैगरि सुनसरीका तीर्थराज विश्वकर्माको ‘कविले के सम्झिियो ?’, बाँकेका नबीन अभिलाषीको ‘भेरी अभिशप्त बगिरहेछ’, डोटीका पूर्णानन्द ओझाको ‘सन्निको मान्स’, सुनसरीका प्रकाश दिप्साली राईको ‘नौरानको नाम’ र काठमाडौंका राधिका कल्पितको ‘परिचय–पत्र’ नामक शिर्षकको कविता समेत पुरस्कारका लागि छनोट भएको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदीको हस्ताक्षर रहेको छ ।

Facebook Comments