स्वास्थ्य मन्त्री मेन्याङ्वोद्धारा नयाँ भन्दै स्टोरमा रहेको पुरानो भेन्टिलेटर बितरण

भुल्के । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी अड्डाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई एक थान सामग्री हस्तान्तरण गरिएको छ । सामाग्री कोशी प्रदेशका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्वो लिम्बुले विहिवार हस्तान्तरण गरेका थिए ।

सामाग्रीमा एक थान भेन्टिलेटर रहेको छ । सो भेन्टिलेटर मन्त्री लिम्बुले सर्पदंश उपचार केन्द्र भुल्केकी अध्यक्ष पवित्रा गिरीलाई हस्तान्तरण गरेका थिए । तर, हस्तान्तरण गरिएको भेन्टिलेटर केहि समयअघि ल्याएर स्टोरमा राखिएको बुझिएको छ ।

नयाँ भेन्टिलेटर बितरण गरिने भनिएपनि सर्पदंश उपचार केन्द्रका अध्यक्ष पबित्रा गिरीको पहलमा ल्याएको पुरानो भेन्टिलेटर बितरण गरिएको थियो । उक्त सर्पदंश उपचार केन्द्र २०६८ साल भदौ १७ गतेबाट सञ्चालन हुदै आएको छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सर्पको टोकाईबाट कुनै अप्रिय घटना नभएको नेपाली सेनाका सहसेनानी डाक्टर मनिष यादवले बताए । डाक्टरका अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमश २०७६ सालमा दुई सय ९६, २०७७ सालमा तिन सय ७३ जना, २०७८ सालमा चार सय २६ जना र २०७९ मा चार सय २५ जनालाई उपचार गरिएरको थियो ।

कार्यक्रममा प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत र चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको उपस्थिति रहेको थियो । त्यसैगरि स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, १८ नं बाहिनीका सहायक वाहिनीपति प्रेम हमाल, बिभिन्न पार्टीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments