उदयपुरको शिवाईमा थारुहरु भेला हुँदै

उदयपुर । थारु कल्याणकारीणीसभाको नवौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आउँदो २४ देखि २५ गतेसम्म सञ्चालन हुने सो अधिवशेनको सम्पूर्ण तयारी पुरा भएको सभाका सभापति शिवकान्त चौधरीले जानकारी दिए । उनले एक पत्रकार सम्मेलन मार्फत भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी थिए ।

अधिबेशन जिल्लाको चौदण्डीगढी नगरपालिका ५ स्थित शिवाईमा हुने छ । भेलाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गर्ने समेत चौधरीले बताए । उनका अनुसार शुक्रबार औपचारिक कार्यक्रम हुने अधिवेशनको बन्दसत्र शनिबार हुने छ ।

अधिवेशनमा सभाले पौराणिक र आधुनिक तथा बस्तुवादी परम्परा, संस्कार, संस्कृति र पहिचानको उजागर गर्ने खालका कार्यक्रमहरु प्रस्तुत गर्नेछ । ‘थारु भाषा, कला, संस्कृति आपन सबके पहिचान, समावेशी अधिकारके लेल थारुके अभियान’ भन्ने नाराका साथ हुन गईरहेको अधिवेशनमा थारु विद्यार्थी, थारु युवा, थारु महिला, थारु पत्रकारलगायत घटक संगठनहरुको पनि गठन र पुनर्गठन हुने सभापति चौधरीले बताए ।

त्यसैगरी सभाको स्थापनादेखि हालसम्म भए गरेका सांगठनिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक गतिबिधि समेटिएको प्रगति प्रतिबेदन प्रस्तुत गरिने छ । अधिवशेनले बन्दसत्रमार्फत आगामी २ वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । कार्यक्रममा स्थापनाकालदेखि कल्याणकारीणीमा रहेर थारु समुदाय र समाजको हक हितमा लागेर योगदान गर्नेहरुको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्ने कार्यक्रम पनि रहेको सभाकी कोषाध्यक्ष पशुपति चौधरीले बताईन् ।

अधिवेशन आयोजक समितिका आर्थिक संयोजक राकेश चौधरीका अनुसार जिल्लामा थारु बहुल स्थानीयतहहरु त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका १ सय ४ जना प्रतिनिधि तथा पर्यवेक्षकले अधिवेशनमा सहभागिता जनाउनेछन् । नेपालको तराईक्षेत्रमा बसोबास गर्ने थारु जातिलाई मलेरिया (औलो) जस्तो प्राणघातक रोग पचिसकेको तथा बाघ, भालु, हात्तीजस्ता हिंसक जंगली जनावर र गोही, सर्प विच्छीजस्ता जलचर जनावसमेत पराजित गर्दै घना जंगल फडानी र नदीनाला आवाद गर्ने वीर मानव समुदाय मानिदै आएको छ ।

भिडियोः

Facebook Comments