उदयपुरमा फोनिजको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

गाईघाट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको हो ।

कार्यक्रममा आगामी २७ र २८ गते विरगन्जमा हुने विद्यान सम्मेलनका लागि सुझाव तथा सल्लाहहरु संकलन गरिएको फोनिज उदयपुरका अध्यक्ष ईश्वर बलम्पाकी मगरले बताए । अध्यक्ष मगरका अनुसार उदयपुरमा पत्रकारिता गरिरहेका जनजाति पत्रकारहरुले विद्यान सम्मेलनको लागि सुझाव तथा सल्लाहहरु दिएको थियो ।

कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जुङ, फोनिजका केन्द्रीय सचिब यमन दनुवार, केन्द्रीय सदस्य गजेन्द्र राई, प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र दुष्ट र नेपाल पत्रकार महासंघ प्रदेश १ का पूर्वसचिब हरिकुमार राईको उपस्थिति रहेको थियो । त्यसैगरि उदयपुरका संस्थापक अध्यक्ष भोटराज राई, कोषाध्यक्ष तथा नीजि रेडियोहरुको साँझा संस्था बानका केन्द्रीय कोषाध्यक्ष नविन राई, बिज्ञापन बोर्डका सदस्य बन्दना दनुवार र नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिब ऋषि राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments