मन्त्री आचार्यद्धारा शिव पार्वतीको मन्दिर उद्घाटन

उदयपुर । प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यले उदयपुरमा शिव पार्वती मन्दिर उद्घाटन गरेका छन् । मन्त्री आचार्यले शनिवार एक कार्यक्रम बिच सो मन्दिरको उद्घाटन गरेका हुन् ।

उद्घाटन जिल्लाको त्रियुग नगरपालिका–६, लालपत्ता स्थित नवनिर्मित सो मन्दिरको औपचारीक उद्घाटन गरेका हुन् । मन्त्री आचार्यले शिवरात्री पर्वको अवसरमा बिहानी त्रियुगा नदि छेउमा अवस्थित शान्तिधामको समेत अवलोकल गरेका थिए ।

मन्त्रीको सचिवालयले बताए अनुसार मन्त्री आचार्य यस पछि कटारी घुर्मी हुँदै खेटाङको यात्रामा निस्कने छन् । मन्त्री आचार्यले प्रत्यक्ष जनता माझ पुगेर हालको अवस्था र स्थानीय जनतासँग अन्तरक्रिया तथा छलफल गर्ने सचिवालयले जनाए ।

Facebook Comments