विवादित शिक्षक कार्कीको बिरुद्ध गाउँपालिकामा उजुरी

रौतामाई । उदयपुरमा शिक्षक पुनर्बहाली रोक्का गरी पाउँ भन्दै रौतामाई गाउँपालिकामा उजुरी परेको छ । उजुरी त्रियुगा नगरपालिका ३ घर भई वैदेशिक रोजगारीको लागि कतारमा रहेका शङ्कर कार्कीले दिएका हुन् । उनले नाताले काका पर्ने त्रियुगा नगरपालिका १६ शाहिखोला घर भई रौतामाई गाउँपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालय रसुवा लाफागाँउमा राहात शिक्षकको रुपमा कार्यरत भई हाल बर्खास्तमा परेका शिक्षक युवराज कार्की बिरुद्ध उजुरी दिएका हुन् ।

उजुरी मेल मार्फत आएको रौतामाई गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले बताए । प्रमुख कार्कीका अनुसार उजुरी बिहिबार आएको थियो । उजुरीमा विपक्षी युवराज कार्की र मेरो श्रीमती वीच अनैतिक सम्बन्ध रहदै आएको उल्लेख गरिएको छ । सो घटना विभिन्न मिडियामा समेत प्रकाशन÷प्रशारण भईसकेको समेत उल्लेख छ ।

उजुरीमा विपक्षी शिक्षक कार्की तथा पत्रकारसँग जोडिएको केही मुद्दाहरु सम्मानित अदालतमा विचाराधीन रहेको कुरा समेत उल्लेख गरिएको छ । उजुरीमा बर्खास्त रहेका शिक्षक कार्की हाल पुनः नियुक्तिको लागि त्यस कार्यालयसम्म आएको सूचना मलाई जानकारी प्राप्त भएकोले निज शिक्षकलाई पुनर्बहाली नगर्न अनुरोध गरिएको छ ।

उक्त उजुरी गाउँपालिकाको कार्यालय र शिक्षा शाखालाई सम्बोधन गरेर लेखिएको छ । शिक्षक कार्की गत असोज ८ गते बर्खास्तमा परेका थिए । उनलाई बिद्यालयको शैक्षिक बाताबरण धमिल्याएको र नैतिक आचरण सम्बन्धी दोष लागेको भन्दै बिद्यालयले बर्खास्त गरेको थियो । बर्खास्तपछि पुनर्बहालीको लागि मंसिर ४ गते उच्च अदालत विराटगर गएका थिए ।

मुद्दा चलिरहेको अवस्थामा शिक्षक कार्की मुद्दा फिर्ता लिएर पुनर्बहालीको लागि बिद्यालय पुगेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुमार राईले बताए । अध्यक्ष राईका अनुसार बिद्यालयले शिक्षक कार्कीलाई पुनर्बहाली गर्न नमिल्ने भएकोले पुनर्बहालीको लागि गाउँपालिकामा सिफारिस गरिएको छ ।

पुनर्बहालीको लागि रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर र सोही गाउँपालिका वडा नम्बर ३ लाफागाउँका वडाअध्यक्ष दीपेन्द्र दाहालले दवाव दिदै आएको बि.व्य.स. अध्यक्ष राईले बताए । हाल पुनर्बहाली गर्न कानुन र प्रकृयाले छेके पुनः विज्ञापन गरी उनै शिक्षक कार्कीलाई नियुक्ति गर्न लागिएको छ ।

Facebook Comments