उदयपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उदयपुरमा ५३.६ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका २ सय ६४ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको उदयपुरमा ५३.६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल जिल्लामा १ लाख १६ हजार ९५ पुरुष, १ लाख १२ हजार ४९ महिला र अन्य २ गरि जम्मा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेको छ ।
मुख्य निर्वाचन कार्यालयका अनुसार अहिले मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ । रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुगे तत्कालै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
Facebook Comments