उदयपुरमा पूर्व विद्यार्थीहरुद्धारा रकम र आवश्यकीय सामाग्री वितरण

त्रियुगा । उदयपुरमा पूर्व बिद्यार्थीहरुले बिद्यायलको भौतिक पुर्बाधार सुधारको लागि भन्दै आर्थिक सहयोग गरेका छन् । उनिहरुले जिल्लाको त्रियुगा नगरपालिका १५ स्थित निम्न माध्यमिक विद्यालय छाम्लिङलाई सहयोग गरेका हुन् ।

यसरी आर्थिक सहयोग गर्ने विद्यार्थीहरुको नाम र रकम निम्न अनुसार छन् । भोज बहादुर खपांङी मगर ११ हजार १ सय ११ रुपैया, थमान राई १० हजार ५० रुपैया, समर्पण आले मगर २५ हजार रुपैया, आकांक्षा खपांङी मगरले १५ हजार रुपैया, टीकावीर बि.क. ५ हजार ६ सय ३० रुपैया र बिष्णु राई ३ हजुर ३ तिन सय ३५ रुपैया आर्थिक सहयोग गरेका छन् ।

त्यसैगरि सोम कुमार मगर ५ हजार रुपैया, खरिन्द्र मगर ५ हजार २ सय रुपैया, गणेश मगर ५० हजार २७ रुपैया र केशब राईले २ दुई हजार ५ पाँच सय २० रुपैया रहेका आर्थिक सहयोग गरेका छन् । यसैगरी आफु सो विद्यालयमा अध्यान नगरेपनि वडाअध्यक्ष गणेश तिम्सिनाले ५ हजार रुपैया र शैक्षिक क्षेत्र सुधारको लागि स्थानीय धर्मराज थापा मगरले पनि ५ हजार ५ रुपैया आर्थिक सहयोग गरेका छन् ।

उनिहरुले रकम संकलनपछि विद्यालयमा आवश्यक पर्ने प्लास्टिकको टेबुल कुर्सी लगायतका सामाग्रीहरु खरिद गरिदिएका छन् । उक्त सामाग्री वडाअध्यक्ष गणेश तिम्सिना र विद्यालयका पूर्व विव्यस अध्यक्ष खम्बसिंङ मगरले संयुक्त रुपमा प्रधानध्यापक मोहनसिङ मगरलाई हस्तान्तरण गरेका थिए । पूर्व विद्यार्थीहरु मध्ये धेरैले बिभिन्न व्यवसाय गर्दै आएका छन्नभने कतिपय विद्यार्थीहरु बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देशहरुमा रहेका छन् ।

Facebook Comments