उदयपुरमा परराष्ट्र मन्त्री खड्का र पूर्ण राज्यमन्त्री चौधरी विच प्रतिस्पर्धा हुने

उदयपुर । गठबन्धनको तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्काले उदयपुरबाट उम्मेदवारी दिएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् ।

उनको प्रमुख प्रतिस्पर्धीको रुपमा एमाले नेतृ मञ्जु कुमारी चौधरी देखिएका छन् । परराष्ट्र मन्त्री समेत रहेका डा. खड्का नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्भने पूर्व सहरी विकास राज्य मन्त्री समेत रहेका चौधरी नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

चौधरी ७४ को निर्वाचनमा डा. खड्कासँग पराजित भएका थिए । सो निर्वाचन क्षेत्रको (क) प्रदेशसभा सदस्यका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन किराती ‘बासु’ले उम्मेदवारी दिएका छन्भने (ख)बाट नेपाली कांग्रेसका सभापति हिमाल कार्कीले उम्मेदवारी दिएका छन् ।

कार्की प्रदेश सरकारको भौतिक पूर्वधार तथा सहरी विकास मन्त्री हुन् । यहि क्रममा राईको प्रमुख प्रतिस्पर्धीको रुपमा एमालेका कुशलबाबु बस्नेत देखिएका छन् भने कार्कीको एमालेकै इश्वरमणी राउत देखिएका छन् ।

त्यसैगरी जिल्लाको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकृकीत समाजवादी (एस)का नेता जगनाथ खतिवडाले उम्मेदवारी दिएका छन् । उनको प्रमुख प्रतिस्पर्धीको रुपमा एमाले नेता अम्मर रायमाझी देखिएका छन् । खतिवडा एसका केन्द्रीय प्रबक्ता हुन्भने रायमाझी नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।

उक्त निर्वाचन क्षेत्रको (क) प्रदेशसभा सदस्यका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नारायण बुर्जा मगरले उम्मेदवारी दिएका छन्भने (ख)बाट नेपाली कांग्रेसका नेता रामकुमार खत्रीले उम्मेदवारी दिएका छन् । यहि क्रममा बर्जा मगरको प्रमुख प्रतिस्पर्धीको रुपमा एमालेका देबराज राई देखिएका छन् भने खत्रीको एमाले नेता जिबनाथ दाहाल देखिएका छन् ।

Facebook Comments