सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी भेषकुमारीलाई मेघराजको सहयोग

रौतामाई । धर्ति टेकेको ११ दिनमै वुवा गुमाएका दुई जुम्लिया बच्चालाई यहाँका एक युवाले ३० हजार रुपैँया सहयोग गरेका छन् । सुत्केरी अवश्थामा नै कमाउने श्रीमानको मृत्युले दुई छाक टार्नसमेत मुस्किल परेपछि सहयोगको याचना मागिरहेकी रौतामाई गाउँपालिका ४ की भेषकुमारी राउतलाई वडानं ७ पुवाँरे घर भई हाल जापान बस्दै आएका मेघराज थापाले नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्कामार्फत सहयोग गरेका हुन् ।

सुत्केरी स्यहारसुसार, पोषणयुक्त खानेकुरामा सहजता होस भन्ने हेतुले सहयोग गरेको थापाले बताए । उनले भने, ‘यस अघिका एक छोरा र एक छोरी पनि सानै छन्, त्यसमाथि दुई जुम्लिया छोरा जन्मिए, कमाउने श्रीमान मृत्युपछि दुई छाक टार्नसमेत मुस्कील देखेपछि सयहोग गरेको हुँ । उनले थपे, ‘नवजात शिुसु स्वस्थ रहन तत्कालका लागि पोसिलो खानेकुरा खाने वातावरण बनाउन सहयोग गरेको हुँ त्यस्तै अवश्था रहे अन्य साथीसँग सहकार्य गरी थप सहयोग हुन सक्छ । सुत्केरी अवश्थामा दुई बच्चालाई पोषिलो खानेकुरासमेत खुवाउने सामथ्र्य नरहेपछि संघसंस्थासँग सहयोग मागेको भेषकुमारीले बताईन् ।
सहयोगीः मेघराज थापा

उनले भनिन्, ‘कमाउने श्रीमानको अकालमै ज्यान गयो, आफु सुत्केरी छु कमाउन सक्ने अवश्था छैन्, त्यसैले चार सन्तानलाई भोकै राख्नुभन्दा सहयोगको हात फैलाएको हुँ । काख र अंगालोमा दुई बालिका चेप्दै भनिन्, ‘मेरो पहिलो खुशी त दैवले लुट्यो, बाँकी यी चार खुशी वचाउन सक्छु या सक्दिन थाहा छैन् । वज्रपात पनि हामी जस्ता गरिवलाई नै पर्दो रहेछ गहभरी आँशु पार्दै भेषकुमारीले भनिन्, ‘बाँच्ने त मलाई पनि रहर थिएन तर के गर्नु यीनलाई कसरी छोडेर जाउँ, भाग्यमा दुःख नै लेखेको रहेछ, अव गिट्टी कुटेर भएपनि यी लालावालालाई पाल्नै पर्यो ।

‘सुत्केरीबाट उठ्न सके गिट्टी कुटेर वा ज्यालादारी काम गरेर भएपनि चार सन्तान पाल्ने थिए, उनले भनिन्, ‘आफ्नो पर्याप्त दुध आउँदैन विकल्पमा किनेर खुवाउन सक्ने अवश्था छैन् । सम्पतीको नाममा कहीँ कतै एक टुक्रा जग्गा नभएपछि मावली घर उदयपुरगढी गाउँपालिका ७ कोल्टेमा आश्रय लिएको उनले बताईन् । वुवाले अर्की आमा ल्याएपछि जन्मदिने आमा परिवारको पालनपोषणका लागि छिमेकी मुलुक भारतमा बस्दै आएको र घर पनि नभएकाले मावलमा बस्दै आएको उनले सुनाईन् । सहयोगीदाता थापालाई धन्यवाद दिँदै राउतले भनिन्, ‘मेरो लागि मेघराज सर भगवान हुनुहुन्छ, यति रकम मेरोलागि ठुलो सहयोग हो । राउतका दुई जुम्लियासहित तीन छोरा, एक छोरी छन् ।

फोटो क्याप्सनः सहयोगको याचना मागिरहेकी रौतामाई गाउँपालिका ४ की भेषकुमारी राउतलाई वडानं ७ पुवाँरे घर भई हाल जापान बस्दै आएका मेघराज थापाले पठाएको सहयोग रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का ।

Facebook Comments