जबर्जस्ती करणी आराेपमा विप्लव कार्यकर्ता पक्राउ

कटारी । उदयपुरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का एक कार्यकर्ता जबर्जस्ती करणी आराेपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका- १० वरडाडा बस्ने बर्ष ४० काे गाैतम भन्ने लालबहादुर कटुवाल रहेका छन् ।

उनलाई एक स्थानीय ४७ वर्षीया महिलालाई पटकपटक जबर्जस्ती करणी गर्दै आएको आराेप छ । उनलेे विभिन्न धम्कि दिएर नाताले भाउजू पर्नेलाई करणी गरेको प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का कार्यकर्तासमेत रहेका उनलाई प्रहरीले गत ५ गते पक्राउ गरेको थियो । अहिले उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।

Facebook Comments