लिम्चुङबुङ एमाले कार्यकर्ताद्धारा टिकट वितरणमा असन्तुष्टि, नेता र निर्णय नसचिए सामुहिक राजिना दिने तयारी

लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमालेभित्र टिकट वितरणको विषयलाई लिएर अन्तरविरोध सुरु भएको छ । कम्युनिष्ट आन्दोलन र पुरानो एमाले नेताको छवि बनाएका लिम्चुङबुङ गाउँपालिका कमिटी साल्लाहकार समेत रहेका यादव कुमार राईले सो विषयलाई लिएर अन्तरविरोध सुरु गरेका छन् ।

उनले टिकट वितरणको क्रममा आफुलाई पार्टीभित्र षड्यन्त्र गरेर निषेध गरेको आरोप लगाएका छन् । पार्टीले आफुलाई राजनीतिक अपराध गरेको समेत आरोप लगाए । राईले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो असन्तुष्टि व्यक्त गरेका हुन् ।

शिक्षा पेसाबाट बाहिरिएका उनि हाल नेकपा एमालेमा आवद्ध छन् । उनले स्थानीय निर्वाचनमा आफुपनि गाउँपालिकाका अध्यक्ष पदमा आकांक्षा रहेको पार्टीलाई जानकारी दिदै आएका थिए । अहिले पार्टीका नेताहरुले आफुसँग कुनै पनि सल्लाह नगरी अन्य व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले तत्काल नेता र निर्णय नसचिए आफु स्वतन्त्र उम्मेदवार वा अन्य उम्मेदवारलाई सहयोग गर्ने बताए । उनले नेता र निर्णय नसचिए आफुले पार्टी परित्याग गर्ने समेत चेतावनी दिएका छन् ।

Facebook Comments