उदयपुरमा शिक्षिकानै जबर्वस्ती करणीको मतियार

गजेन्द्र राई
चौदण्डीगढी । उदयपुरमा एक बिद्यालयको शिक्षिकालाई जबर्जस्ती करणीमा सहयोग पु¥याएर मतियारको काम गरेको आरोप लागेको छ । उनलाई एक छिमेकी पुरुषबाट स्थानीय अशक्त महिलालाई जबर्जस्ती करणी गराएको आरोप छ ।

आरोप लागेको शिक्षिका जिल्लाको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर स्थित अपराहा बस्ने बर्ष ४८ को देवीकुमारी राई रहेकी छिन् । उनी स्थानीय आदर्श आधारभूत विद्यालयकी शिक्षिका हुन् । उनले एक छिमेकी पुरुषबाट स्थानीय बोल्न सुन्न नसक्ने अशक्त महिलालाई जबर्जस्ती करणी गराएको पीडितले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

शिक्षिकाले आफूलाई ललाई फकाई उनको छिकेकी पुरुषसँग जान र बिवाह गर्नसमेत भनेको पीडितको किटानी जाहेरीमा उल्लेख गरिएको छ । अहिले शिक्षिका राई उदयपुर जिल्ला अदालतमा पैँतीस हजार रुपैया नगद धरौटी राखेर तारेखमा छुटेकी छिन्भने छिमेकी भनिएका पुरुष तिलक बहादुर राई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

थुनामा रहेको राई नेपाली कांग्रेस चौदण्डीगढी नगरपालिका ८ का वडासचिब हुन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक बनाई जबर्जस्ती करणी सम्बन्धिको मुद्दा दर्ता भएको छ ।

Facebook Comments