



उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को हालै सम्पन्न दोस्रो महाधिबेशनबाट आफ्नो जिल्लाका तिन पत्रकार सर्वसहमत चयन भएको भन्दै उदयपुर फोनिजले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेका छन् । कार्याक्रम सोमबार सदरमुकाम गाईघाटमा भएको हो ।
फोनिज प्रदेश नम्बर १ को महाधिबेशबाट कार्यसमिति उपाध्यक्ष पदमा राजेन्द्र राई ‘दुष्ट’ र अप्सरा समाल मगर सर्वसहमत चयन भएका थिएभने लेखा सदस्य पदमा नेत्रकुमार सुनुवार ‘सञ्चार’ सर्वसहमत चयन भएका थिए । उनिहरुलाई आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र फोनिज जिल्ला अध्यक्ष ईश्वर बलम्पाकी मगरले खादा र दोसल्ला ओढाएर बधाई तथा सम्मान गरेका थिए ।
सम्मानित दुष्ट स्थानीय गढीखबर दैनिकका प्रकाशक तथा सम्पादक छन्भने समाल रेडियो उदयपुरमा आवद्ध रहेको फोनिज अध्यक्ष बलम्पाकी मगरले बताए । अध्यक्ष बलम्पाकी मगरका अनुसार लेखा समिति सदस्य किराती उदयपुर पोष्ट साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक हुन् ।
प्रदेश नम्बर १ को महाधिबेशन मोरङको सनिश्चर्यमा गत पुस २७, २८ र २९ मा सम्पन्न भएको थियो । अधिबेशनले धनकुटाका सन्तबीर लामाको अध्यक्षतामा प्रदेश कमिटि सर्वसहमत चयन गरेको थियो ।
कार्यक्रममा उदयपुरका अग्रज पत्रकारहरु महेश्वर चाम्लिङ, हरिकुमार राई, रविन्द्र चौधरी, इश्वर तामाङ, फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राईले शु्भकामना मन्तव्य राखेका थिए । त्यसैगरि कार्यक्रममा फोनिज उदयपुरका संस्थापक अध्यक्ष भोटराज राई, नेपाल आदिबासी जनजाति महासंघ समन्वय समिति उदयपुरका अध्यक्ष गौरीशंकर उदास, फोनिजका केन्द्रिय सदस्य बिश्वराज तामाङ लगायतका अतिथिहरुले समेत शु्भकामना मन्तव्य राखेका थिए ।