




उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष ४० को बौका सदा रहेका छन् ।
दुर्घटना उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसी स्थित मदनभण्डारी राजमार्गमा भएको थियो । मजदुर बोकेको गाईघाटबाट रुपाटार तर्फ जादै गरेको प्र.नं.२–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ति मोड्मा अनियन्त्रित भई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।
डिएसपी गौतमका अनुसार दुर्घटनमा गम्भीर घाईते भएका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्रयाक्टरमा सवार अन्य १९ जना घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
घाईते मध्ये मृत्कका श्रीमती वर्ष ४० का नारायण वत्ती सदा, गैरुनकै वर्ष १६ की सुकुन सदा र त्रियुगा–१० करमगाछि का २० वर्षीय दिवस सार्की गम्भिर घाईते भएको छन् । उनीहरुको खट्टा, शरिरको विभिन्न भागमा चोटलागेको र बोल्न नसक्ने अवस्था रहेको छ ।
घाईतेहरुको थप उपचारका लागि बिराटनगर लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धारको लागी अस्थाई प्रहरी पोष्ट नेपालटारबाट प्रहरी टोली खटि गएको प्रहरीले जनाएको छ ।