उदयपुर । उदयपुरमा थारू समुदायले जितिया महोत्सव २०७८ को आयोजना गर्ने भएको छ । थारु समुदायले आफ्नो भाषा प्रवद्र्धन गर्ने उद्देश्यले सो महोत्वसको आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार महोत्सव आगामी असोज १३ गते हुने छ ।
थारुहट रंगशालामा हुने महोत्सवमा थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिनुपर्छ भन्ने सांकेतिक दवाव स्वरुप गर्न लागिएको हो । थारू कल्याणकारिणीसभा त्रियुगा नगर समितिको आयोजनामा महोत्सव बारे आइतबार एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका थिए ।
आयोजकले थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिको निम्ति कार्यक्रम गर्ने लागिएको जनाएका छन् । थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले थारु भाषालाई स्थानिय भाषाको रुपमा मान्यता दिनुपर्छ भन्ने उद्देश्यले सांकेतिक दवाव स्वरुप महोत्सव गर्न लागिएको बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष साँस्कृतिक साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । आयोजकले जनाएअनुसार महोत्सवमा राष्ट्रिय कलाकार अनु चौधरीको समेत प्रस्तुति रहने छ ।