उदयपुर । एमालेबाट बिभाजन भई नेकपा (एकीकृत समाजबादी)ले उदयपुर जिल्ला कमिटी गठन गरेका छन् । कमिटीका अध्यक्षमा राममणि पोखरेल र सचिवमा जयराम पञ्जियारलाई जिम्मेवारी दिईएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
खतिवडाले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गएको पुस ५ गते पहिलो पटक संसद बिघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको बताए । समानान्तरक कमिटीका अध्यक्ष इश्वरमणि राउतलाई कारबाही गर्दै पोखरेललाई अध्यक्षमा मनोनित गरेको उनले बताए ।
खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई नेकपा (एस)को जिल्ला कमिटीमा रुपान्तरण गरिएको बताउँदै आउँदो असोज ३ गते बृहत जिल्ला भेला गरेर थप निर्णय गरिने बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) को तत्कालीन समानान्तर कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा परिणत गरिएको प्रवक्ता खतिवडाले बताए ।
प्रवक्ता खतिवडाल पत्रकार सम्मेलनमा पार्टी निर्णय सार्वजनिक गर्दै भने ‘ओलीको प्रतिगामी कदमलाई स्वीकार्दै त्यहीँ बसेपछि जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतलाई हटाएर उनको ठाउँमा राममणि पोखरेललाई पदस्थापन गर्ने निर्णय भएको बताए । खतिवडाका अनुसार १ सय ७५ सदस्यीय समानान्तर कमिटीका अध्यक्ष राउतबाहेक सबैलाई यथावत राखिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रदेश सदस्य राजकुमार राई, सांसद सुनिताकुमारी चौधरी र निर्वाचन कार्यालयबाट नेकपा एस रोजेर सनाखत गरेका जनप्रतिनिधि, युवा, विद्यार्थी र महिलाको उल्लेख्य उपस्थिति रहेको थियो ।