उदयपुर, १० बैशाख । आसन्न स्थनीय निर्वाचन तयारीको लागि मतदाता समन्धि दई दिने प्रशिक्षण कार्यक्रम उदयपुरमा सुरु भएको छ ।
“चेतनाको अभावले कोहि मतदाता मतदानबाट नछुटुन्” भन्ने उद्देश्यले जिल्लाको सदरमुकाम गाईघाटमा आईतवारबाट कार्यक्रम सुरु भएको हो । जिल्ला मतदाता अधिकार मञ्च उदयपुरको आयोजनामा सुरु भएको कार्यक्रममा मञ्चकै १५ कार्यसमिति सदस्यहरुले सहभागिता जनाएको मञ्चको अध्यक्ष थमबहादुर बराईलीले बताएका छन् । अध्यक्ष बराईलीको अनुसार प्रशिक्षणमा सहभागिहरु मतदान चेतना दिएर जिल्लाको हरेक नगरपालिका र गाउँपालिकाको गाउँ–गाउँ प्रशिक्षकको रुपमा जाने छन् । सोमवार सम्पन्न हुने प्रशिक्षण कार्यक्रमको सहजीकरण संस्थाको अध्यक्ष बराईलीले गरिरहेका छन् ।
Facebook Comments