हात्तिको आक्रमणबाट उदयपुरमा एकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा जंगलि हात्तिको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका २ रामनगर वस्ने वर्ष ४० को कमल यादब रहेको छ ।

बुधवार राती जंगलि हात्ति गाँउ पस्दा यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार गाउँ पसेको हात्तिलाई धपाउने क्रममा उनको मृत्यु भएको थियो ।

अहिले थप अनुसन्धान भईरहेको छ भने उनको शब पोष्टमार्टमको लागि बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा राखिएको छ ।

Facebook Comments