उदयपुरमा काठ व्यवसायी बछारमाथी कुटपिट

बोक्से । उदयपुरमा काठ व्यवसायी राजेश बछारमाथी कुटपिट भएको । हेटौंडा स्थाई घरभई हाल त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट बस्दै आएका बछारमाथी आईतबार कुटपिट भएको हो ।

बछार कुटपिट आरोपमा अर्का एक काठ व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १४ बस्ने पवन राई रहेका छन् । उनलाई डिभिजन बन कार्यालय उदयपुर परिसरभित्र बछारमाथी कुटपिट गरेको आरोप छ ।

यसै बिषयलाई लिएर राई बिरुद्ध बछारले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिम दाहालले बताए । एसपी दाहालका अनुसार बछारले सोमबार प्रहरीमा जाहेरी दिएका थिए ।

कुटपिटबाट बछारको देब्रे कानछेउमा भित्रि चोट लागेको र देब्रे हातको दुईबटा औला भाचिएको बन पैदावर महासंघका केन्द्रीय सदस्य राजेश कार्कीले बताए । केन्द्रीय सदस्य कार्कीका अनुसार बछार र राईबिच ठेक्कापट्टाको बिषयलाई लिएर बिवाद सुरु भएको थियो ।

बछार केही समय यता निञ्चल ट्रेडर्स नामक फर्म मार्फत र राई राधाकृष्ण सप्लायर्स मार्फत ठेक्का पट्टा गर्दै आएका छन् राई ।

Facebook Comments