उदयपुर । उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आईतबार ६ पुरुष र ३ महिला गरी ९ जना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा त्रियुगा नगरपालिकाको ४ जना, रौतामाईको ४ र चौदण्डीगढीको १ जना रहेको छ । त्रिनपा ६ का २५ बर्षिय पुरुष, त्रिनपा ६ कै ५४ बर्षिय पुरुष, त्रिनपाकी ३० बर्षिया महिला र त्रिनपा १० कै ३७ बर्षिय महिला रहेको छ ।
रौतामाई ५ को ५१ बर्षिया महिला, ५ कै ३५, ६१, २८ बर्षिय पुरुष, रहेको छ भने चौदण्डीगढीको ४२ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय उदपुरले जनाएको छ । हाल उदयपुरमा यो सँगै जिल्लामा संक्रमितको संख्या ३७ पुगेको छ ।
त्यसमा १२ जना महिला र २५ जना पुरुष रहेको छ । त्रियुगा नगरपालिकामा सबै भन्दा बढी २२ जना संक्रमित देखिएको छ भने ३ ओटा गाउँपालिका ताप्ली, लिम्चुङबुङ र उदयपुरगढीमा संक्रमितको संख्या सुन्य रहेको छ । अन्य पालिकाहरु कटारी ४, चौदण्डीगढी ५, बेलका १ र रौतामाई ५ संक्रमितको संख्या रहेको छ ।