माओवादीद्धारा जसपालाई चुनावसम्म कार्यगत एकता गर्ने प्रस्ताब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालयमा भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो ।

‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी एक माओवादी नेताले बताए । यद्यपि जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने जनाएनन् ।

बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताए । माओवादीसँग पुनः छलफल हुने उनले जानकारी दिए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए ।

Facebook Comments