बोक्से । उदयपुरमा कोभिड १९ बिरुद्धको खोप आउदो फागुन २३ गतेबाट लगाई भएको छ । बिशेषगरि खोप जेष्ठ नागरिकहरुलाई लगाईने भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार सरुमा जिल्लाको आठ पालिकहरुमध्ये पाँच पालिकाहरुमा लगाईने छ ।
जसमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङमा लगाईने छ । अभियान फागुन २७ गतेसम्म सञ्चालन हुने छ । त्यसैगरि कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकालाई दोस्रो प्राथामिकतामा राखिएको छ ।
खोप लगाउँदा बिभिन्न असरहरु देखिने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन् । प्रमुख सुवेदीका अनुसार कुनै पनि खोपले दिने प्रतिक्रिया असर नभई रियाक्सन भएकोले सामान्यतया खोप लगाएपछि एक खालको प्रतिक्रिया दिने गरेको छ ।
त्यसैगरि खोप लगाएपछि बिभिन्न प्रकारका समस्याहरु आउने भन्दै भ्रम फैलाएकोे कोरोना खोप सेक्टरमा अध्यानरत डा. सरु देवकोटाले बताए । डा. देवकोटाले खोपको कारण प्रजननमा समेत समस्या पु¥याउने जस्ता भ्रमहरु फैलिएको बताए । तर यो सत्य नभएको उनको भनाई छ ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
डा. देवकोटालका अनुसार यो खोप १८ बर्ष भन्दा मुनिकाहरुलाई भने हान्न मिल्दैन । बिषेशगरी अझै यो खोप दिर्घ रोगिहरु र जेष्ठ नागरिकहरुले अनिवार्य रुपमा लगाउनु पर्ने स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जेष्ठ नागरिक र दिर्घ रोगिहरुलाई कोरोनाले तत्काल आक्रमण गर्ने हुँदा उनिहरुले यो बिषेशगरी लगाउनु पर्ने देखिन्छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार खोप लगाइसकेपछि यसको समान्य असरहरु देखिने गरेको छ । जसमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता हुने, कम्जोर महसुस हेने, जाडो हुने, थकान लाग्ने, टाउको दुख्ने, जिउ र जोर्नि दुख्ने, खोकी लाग्ने घाँटी दुख्ने लगायतका बिभिन्न लक्षण देखिने गरेको छ ।
कार्यालयले यस बाट बच्न सामाजिक दुरी, माक्स र सेनिटाईजरको निरन्तर प्रयोग हुनु पर्ने सुझाएको छ । हाल इन्डिया बाट प्राप्त कोरोना खोप कोभिसिल्ड भ्याक्सिन रहेको जनाइएको छ । यो बेलायतको अक्सफोर्ड युनिभर्सिटीको सुत्र अनुसार इन्डियाको सेरोन इन्सच्युट्युचले निर्माण गरेको जनाएको छ ।
कोरोना भ्याक्सिन उत्पादन गर्ने यो कम्पनी ५० औँ बर्ष पुरानो रहेको र बालबच्चाहरुलाई लगाईने डिपिडि खोप र गर्भवती महिलाहरुलाई लगाईने खोप पनि यसै कम्पनी बाट उत्पादन गरेको जनाइएको छ । यस बिषयलाई दिएर जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना खोप अभियान अन्तर्गत संञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रमको आयोजना शनिवार गरेको थियो ।
भिडियोः