उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज उदयपुरमा विरोध प्रदर्शन गर्ने भएको हो । जिल्लाको सदरमुकाम गाईघाटमा हुने प्रदर्शनको लागि सदरमुकामको बिभिन्न स्थानबाट र्याली निकालीने आयोजकले जनाएको छ ।
आयोजकले जनाएअनुसार गाईघाटको पिपलचोकमा हुने कार्यक्रममा १४ हजारभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने छ । उनीहरुले केहिदिन यता ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै प्रदर्शन गर्दै आएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का पार्टी सचिब तथा सांसद् सुरेशकुमा राई ‘हिमाल’, केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी लगायतले सम्बोधन गर्ने छ ।
Facebook Comments