उदयपुरमा बलात्कारको घटना बढेको एक तथ्यांक सार्वजनिक

गाईघाट । पछिल्लो एक बर्ष उदयपुरमा बलात्कारका घटना बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बुधबार सदरमुकाम गाईघाटमा आयोजना गरेको समिक्षा कार्यक्रममा मानवअधिकारसँग सम्बन्धित एक सय ६ घटना मध्ये ६० वटा वलात्कार घटना रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

बलात्कार भित्र सबैभन्दा बढि बालबालिकासँग सम्बन्धित ३८ वटा रहेको इन्सेक प्रतिनिधि भरत खड्काले बताए । तथ्यांकले आफ्ने वुवा, आफन्त, छिमेकीबाट बालिकाहरु बलात्कारको सिकार बन्न बाध्य भएको देखाइएको छ ।

इन्सेकले बर्ष पुस्तकमा समेटन लागेका घटना मध्ये ३ बर्षदेखि १७ बर्ष उमेर समुहका बालिका बलात्कार रहेको जनाएको छ ।
घर, जंगल, बाटो कहीँ पनि बालिका सुरक्षित नरहकाले समाज कता जाँदै छ भन्ने तथ्यांकले चिन्तासमेत गरेको छ ।

त्यसैगरी मानवअधिकार सँगै जोडिएका महिला बलात्कार घटना २२, वहुविवाह १५, घरेलुहिंसा १२, हत्या र हत्याको प्रयास ९, अवैद्य गर्भपतन १, पत्रकारमाथि दुव्र्यवहार १, राज्यपंक्षबाट कुटपिट एक, वमविस्फोट तीन, वालविवाहका घटना २ वटा रहेको तथ्यांक सार्वजानिक गरिएको छ ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रहरी, प्रशासनमा आएका घटनालाई अभिलेखिकरणसँगै जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारका सवाललाईसमेत मानवअधिकारसँग जोडेर तथ्यांकहरु ल्याउनु पर्ने सुझाब दिए ।

उनले कोभिड १९ ले पारेको असर, शिक्षा, स्वास्थ्यमा भएको व्यतिथि, निषेधाज्ञामा जनताले भोगेका समस्यालाईसमेत उजागर गर्न सके राज्यलाई जिम्वेवार बनाउन सकिने धारणा व्यक्त गरे ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले प्रभावकारी कानुन कार्यान्वनकै कारण मानवअधिकारसँग जोडिएका घटनाहरु वहिर आउन सहज भएको बताए । उनले अवश्था भयाभह भन्दा पनि गरिएका प्रयास र पीडितलाई न्याय दिलाउन खेलेको भुमिकालाई उजागर गर्न सक्दा हिंसाका घटनाहरु क्तमश घट्दै जाने बताए ।

जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले तथ्यांकले कानुन कार्यान्वयन र अदालती प्रकृयालाई नै सहजत पुर्याउन मद्दत पुग्ने बताए । उनले अबको मानवअधिकारको मुद्दा सुशासन, पारदर्शिता, जवाफदेहिता हुनु पर्ने बताए ।

कार्यक्रममा गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, मानवअधिकार संजालका संयोजक भरत खड्का, नेपाल पत्रकार महासंघ प्रदेश सचिब हरिकुमार राई, पत्रकार भक्तिविलास पोखरेल, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियारले पनि आफ्नो धारणा व्यक्त गरे ।

Facebook Comments