प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ ।

बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।

Facebook Comments