उदयपुरमा स्वास्थ्य विमा कार्यक्रम सुरु

उदयपुर । उदयपुरमा सोमबारदेखि स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको छ । यो सँगै नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रम ६१ जिल्लामा लागु गरेको छ ।

सामान्य परिवारका बिरामीलाईसमेत उपचारमा पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले राष्ट्रिय बीमा बोर्ड टेकुमार्फत कार्यक्रम अघि सारेको हो । वीमा वोर्डले सोमबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी वीमा कार्यक्रम लागु भएको जानकारी दिएको छ ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका जेष्ठ नागरिक भुवानसिंह श्रेष्ठलाई वीमा परिचयपत्र हस्तान्तरण र गमलाको फुलमा पानी लगाएर उद्घाटन गरिन् । लगत्तै सांसद थापालाई वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर निरौलाले वीमा कार्यक्रममा आवद्द भएको परिचयपत्र दिए ।

उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका वडाध्यक्ष भिमबहादुर पुलामी मगर, धनमाया मगर र कुलप्रसाद भण्डारीलाई बेलका नगर प्रमुख दुर्गाकुमार थापा, चौदण्डिगढी नपा प्रमुख खगेन्द्र राई र त्रियुगा नपा उपप्रमुख देविकुमारी चौधरीले वीमा परिचय पत्र हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य अनुरुप राष्ट्रिय बीमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२÷७३ बाट शुरु गरेको हो ।

Facebook Comments