उदयपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नेपाल्टारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ७ बस्ने बर्ष १८ को निर्मला बिक रहेको छ ।

आईतबार विहान स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन । घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ठक्करदिने मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी ८ बस्ने बर्ष १९ को मेसक राईलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments