गुण्डा नाइके दावा लामामाथि गोली प्रहार

काठमाडौं, २९ चैत्र । गुण्डा नाइके दावा लामामाथि काठमाडौंको गौरीघाटमा गोली प्रहार भएको छ । मंगलबार विहान गौरीघाटको दिब्य पार्टी प्यालेसको गेटबाट छिर्दै गर्दा पछाडिबाट एक अपरिचित ब्यक्तिले दावामाथि ३ राउण्ड गोली प्रहार गरेका हुन् ।
विहान साढे ९ बजेतिर दावामाथि ३ राउण्ड गोली प्रहार भएको महानगरी प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले बताए । दावा त्यहाँ जिम गर्न जाने गरेका थिए । मंगलबार विहान गाडी पार्क गरेर जिममा जान गेटबाट छिर्ने क्रममा पछाडिबाट लगातार तीन राउण्ड गोली प्रहार भएपछि दावा चिच्याउँदै ढलेका थिए । लगतै, उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज जोरपाटी लगिएको थियो । गोली हान्ने ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । लागु औषध मुद्धामा जेल बसेका लामाले गत माघमा दरबारमार्गस्थित डेजाभू डिस्कोमा भएको झगडामा उनी पक्राउ परेका थिए । तर, त्यस लगतै उनी छुटेका थिए । काभ्रेली समूहका नाइके लामा कानुनविपरित र अवैध कामका कारण पटक—पटक विवादमा पर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *