अबैध लागुऔषध कारोबारीमा संलग्न एक महिला सहित आठ युवा पक्राउ

गजेन्द्र राई
उदयपुर । उदयपुरमा अबैध लागुऔषध कारोबारीमा संलग्न एक महिला सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने बर्ष १९ को रजामुदिन अन्सारी, बर्ष २४ को दिलिप घिमिरे, बर्ष २० को मिलन बिश्वकर्मा, बर्ष २२ को शिब अधिकारी, बर्ष २२ को बिशाल मगर र बर्ष २० को सागर पौडेल रहेका छन् ।


उनिहरुलाई जिल्लाको त्रियुगा नगरपालिका २ बाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार सप्तरीको फत्तेपुरबाट सदरमुकाम गाईघाटतर्फ स. १ प. ३२२४ नम्बरको मोटरसाईकलमा ल्याई बिक्रि बितरण गरिरहेको अबस्थामा प्रहरीले पक्राउ परेको थियो ।

उनिहरुको साथबाट अवैध लागुऔषध फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल समेत गरी जम्मा १ सय ५ एम्पुल फेला परेको छ भने तिन थान मोवाईल समेत बरामद गरिएको छ ।


त्यसैगरि जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट अबैध लागुऔषध कारोबारीमा संलग्न भएको आरोपमा एक दाम्पत्य जाडी पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी अन्निसाईर कृष्णसबरम गाउँपालिका १ बस्ने बर्ष ३१ को पीके भन्ने प्रबेश मिया र उनको श्रीमती बर्ष २६ की हजारुम खातुन रहेका छन् ।

उनिहरुलाई लागुऔषध बिक्रिको लागी भारतबाट उदयपुर आउने क्रममा प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट लागुऔषध फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी जम्मा एक सय ८० एम्पुल लागु औषध फेला परेको छ । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । पक्राउ परेकाहरुलाई बिहिबार सार्वजनिक गरिएको थियो ।

Facebook Comments