मेयर थापाको सुरक्षाको माग गर्दै नेकपा जिल्ला सदस्यद्धारा संयुक्त प्रेस बिज्ञप्ती जारी, कुनै पनि घटनाभए कांग्रेस सभापति सेढाँईको जिम्मा

रामपुरठोक्सीला । उदयपुरको बेलका नगरपालिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यहरुले मेयर दुर्गा कुमार थापा असुरक्षित बन्दै गएको भन्दै संयुक्त एक प्रेस बिज्ञप्ती जारी गरेका छन् । उनिहरुले मेयर थापाको जिउ धनको सुरक्षाको माग गर्दै मंगलबार सो बिज्ञप्ती जारी गरेका हुन् ।

बिज्ञप्ती नगरभित्र रहेको ११ जना नेकपा जिल्ला कमिटी सदस्यहरुले संयुक्त रुपमा जारी गरेका हुन् । पछिल्लो समय बेलकामा बिभिन्न राजनैतिक घटना क्रमलाई जोडेर केहि दिनअघि नेपाली कांग्रेस बेलकाका नगर सभापति सुसिल सेढाँईले सामाजिक सञ्जाल फेसबुकमा लाईभ गर्दै मेयर थापाको व्यक्तिगत सुरक्षा माथी चुनौति दिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा सभापति सेढाँईले मेयर थापालाई कुनै पनि मञ्च लगायत सार्बजनिक स्थानहरुमा हमला गरिने जस्ता अभिव्यक्ति दिएको समेत उल्लेख गरिएको छ । लाईभमा सभापति सेढाईको अभिव्यक्तिमा नेकपा नेताहरु आफ्नो आन्दोलनको पक्षधर रहेको भन्ने सस्तो निकृष्ट भनाईको बिज्ञप्तीमा खण्डन गरिएको छ । बिज्ञप्तीमा हामी गौरबशाली पार्टी (नेकपा)का स्वभिमानी कार्यकताहरु हौं ।

हामी हाम्रो पार्टीको समबृद्धी र उन्नतिका लागि र आफ्नो पार्टीको सरकारले गरेका लोकप्रिय कामको पक्षमा चट्टानसरी खडा हुन्छौ र नराम्रो कामको खबरदारी पनि गर्दछौ । हाम्रो फलामे अनशासनलाई चुनौती दिदै बर्बराउने र लगाईएका कुनै त्यस्ता आरोपहरुको प्रमाणहरु छन् भने प्रमाण पेश गर्न सभापति सेढाँईलाई बिज्ञप्ती मार्फत चुनौति दिएका छन् ।

बिज्ञप्तीमा यस्ता सस्ता भनाईहरु तुरुन्त रोक्न चेतावनी दिन चाहन्छौ र आम जनताहरु र पार्टी कार्यकर्ताहरुलाई यस्ता प्रतिकृयावादी झुटको खेतिको बिश्वास नगर्न अनुरोध गरेका छन् । त्यसैगरि नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका मेयर थापालाई कुनै पनि बेला आक्रमण गर्न सक्ने र हामी छाड्दैनौ भन्ने सभापति सेढाँईको भनाई प्रति बिज्ञप्ती मार्फत खेद व्यक्त गरेका छन् ।

मेयर थापाको ज्यान, धन माथी कुनै पनि बेला हमला भई कुनै पनि घटना घटेमा त्यसको सम्पर्ण जिम्मेवारी सभापति सेढाँईले अनिवार्य रुपले जिम्म लिनु पर्ने उल्लेख छ । बिज्ञप्तीमा मेयर थापाको सुरक्षाको कडा व्यवस्था गर्नको लागि पनि सुरक्षा निकाय समक्ष ध्यानाकर्षण गराईएको छ ।

Facebook Comments Box