प्रतिबन्धित गाँजा सहित उदयपुरमा दुई जना पक्राउ

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीबाट अबैध प्रतिबन्धित गाँजा सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको ताप्लि गाउँपालिका १ ओख्ले बस्ने बर्ष २९ को जयराम भन्ने पुष्प बहादुर मगर र सोहि गाउँपालिका ३ बस्ने बर्ष ४३ को रामबहादुर तामाङ रहेको छ ।

गोप्य सुचनाको आधारमा चारवटा बोरामा रहेको ८४ केजी गाँजा र एक थान खुकुरी सहित पक्राउ परेको उनिहरुलाई बिहिबार प्रहरीले सार्वजनिक गरेको छ । उनिहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।

एसपी दाहालका अनुसार गाँजा निकासीमा संलग्न उनिहरुलाई उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनी बस्ने सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई राखिएको गाँजा सहित बुधबार पक्राउ गरिएको थियो ।

उनिहरुलाई गाँजा ताप्लि गाउँपालिकाको बिभिन्न स्थानबाट संकलनगरी उदयपुरगढी गाउँपालिका हुदै भारततर्फ गाँजा निकासी गर्न लागेको आरोपमा पक्राउ गरिएको हो । अहिले पक्राउ परेको उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments