बालुवा झिक्न खनेको खाल्डोमा डुबेर उदयपुरमा एक युवकको मृत्यु

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित बरुवा खोलामा डुबेर एक स्थानीय युवकको मृत्यु भएको छ । गर्मी छल्न नुहाउने क्रममा गाईघाट बजारपूर्व विसनपुरस्थित बरुवा खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परी त्रियुगा नगरपालिका १३ हवाईफिल्डका ३८ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोली नफुट्ने भुजेल डुबेको ठाउँभन्दा झण्डै डेढसय मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरदेखि विहान ८ः०० बजे निस्केका उनी दिउँसो १२ः०० बजे मृत अवस्थामा भेटिएको स्थानीयले देखेर प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

जिल्ला प्रहरीबाट खटेको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल पठाएको एसपी दाहालले बताएका छन् ।

भिडियोः

उदयपुरको बरुवा खोलामा बालुवा झिक्न खनेको खाल्डोमा डुबेर एक युवकको मृत्यु मृत्यु भएको छ । गर्मी छल्न नुहाउन गएका त्रियुगा नगरपालिका १३ हवाईफिल्डका ३८ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको बालुवा झिक्न खनेको खाल्डोमा परी मृत्यु भएको हो । बाँकी भिडियोमा………..

Gepostet von Nigrani Post am Dienstag, 30. Juni 2020

Facebook Comments