त्रियुगा नगरपालिकाद्धारा आगामी आर्थिको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७ र ०७८ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनि गरेको छ । नगरपालिकाको पाँचौँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७ र ०७८ को लागि १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याएको हो ।

सो बजेट नगरपालिकाका मेयर बलदेव चौधरीले प्रस्तुत गरेका थिए । जसमा आगामी आर्थिक बर्षको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेका छन् ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले बढी बजेट ल्याएको हो । आय तर्फ वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक श्रोत ९ करोड ३७ लाख ४१ हजार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ ।

यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (शहरी शासकिय क्षमता तथा पूर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगर सभामा प्रस्तुत गरेको छ । यस्तै समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश समपूरक तर्फ १ करोड विनियोजन गरेको नगरले जनाएको छ ।

भिडियोः

पत्रकार भेटघाट मार्फत अाफ्नाे याेजना सार्वजनिक गर्दै उदयपुरका नयाँ प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहाल ।

Gepostet von Nigrani Post am Dienstag, 23. Juni 2020

Facebook Comments