



उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बाघखोरमा ट्याक्टर दुर्घटना हुदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ६ बस्ने बर्ष ९ को बिबिषा पाण्डे रहेका छन् ।
उनको सदरमुकाम गाईघाटबाट गाउँपालिकाको नेपालटारतर्फ जादै गरेको स १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार बिभिन्न सामान लोड गरिएको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अहिले मृतक पाण्डेको शब पोष्टमार्टको लागि जिल्ला अस्पतालमा राखिएको छ भने ट्याक्टर र ट्याक्टर चालकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
Facebook Comments