



उदयपुर । धारिलो हत्यार प्रयोग गरी उदयपुरमा आफ्नै श्रीमतिको हत्या गरेको छ । हत्या गर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–८ स्थित झिरुडाँडा बस्ने बर्ष ५२ वर्षीय विष्णु तामाङले रहेको छ ।
उनले मादक पर्दाथ सेवन गरी ४३ वर्षीय श्रीमति नेप्टिमाया भन्ने दिलमाया तामाङको सोमबार राती हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार राती करिब २ बजे नेप्टिामायाको हत्या भएको थियो ।
विष्णुले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी पाए लगतै प्रहरी चौकी सुकौरा र ईलाका प्रहरी कार्यालय रौतामाई गाउँपालिकाबाट खटेका प्रहरी टोलीले विष्णुलाई नियन्त्रणमा लिएको थियो । अहिले घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान टोली खटेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments