उदयपुर । उदयपुर क्षेत्र नम्बर २ का सांसद् सुरेस कुमार राई ‘हिमाल’को पहलमा अत्याधुनिक सुरक्षा सामाग्री पिपिई सेट उपलब्ध हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को सचिब समेत रहेको राईको पहलमा सो सामाग्री उपलब्ध हुन लागेको हो ।
बिशेषगरि कोरोना ईपिसेन्टर बनेको आफ्नो गृहजिल्ला उदयपुर, कोशी तथा कोरोना अस्पताल बिराटनगर र बीपि कोईराला बिज्ञान प्रतिष्ठान धरान घोपामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई उपलब्ध गराउन लागिएको हो ।
सामाग्री उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मबोती दुगडको सहयोगमा उपलब्ध गर्न लागिएको सांसद् राईले बताए । सांसद् राईका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै सुरक्षा सामाग्री उपलब्ध गराउन लागिएको हो । सामाग्री १ हजार थान रहेको छ । उक्त सामाग्री केहि दिनभित्रै बितरण गर्ने तयारी भैरहेको सांसद् सचिवलयले जनाएको छ ।